Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनार्दन शर्माको आरोप : एसपीपीमा गरेको राष्ट्रघात लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो 

जनार्दन शर्माको आरोप : एसपीपीमा गरेको राष्ट्रघात लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो 

  • बिहिवार, आषाढ २३ २०७९

  • 987
    SHARES

  • जनार्दन शर्माको आरोप : एसपीपीमा गरेको राष्ट्रघात लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो 
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताउनुभएको छ । 
     
    एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताउनुभयो । 
     
    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ । समिति गठन भएपछि शर्माले बुधबार नै अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । 
     
    शर्माले हाल निर्वाचन आयुक्त रहेका तत्कालीन रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलको भनाइ बाहिर आएपछि एसपीपीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको पुष्टि भएको पनि दाबी गर्नुभयो ।
     
    पौडेलले एसपीपीमा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचारको विषय रक्षामन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका तत्कालीन प्रधानमन्त्री ओलीलाई जानकारी रहेको बताउनुभएको थियो । 
     
    शर्माले प्रतिनिधिसभाले छानबिन समिति गठन गरिसकेपछि एमालेले संसदमा आफूमाथि गरेको व्यवहार आपत्तिजनक रहेको बताउनुभयो । 
     
    शर्माले आफूले पार्टीको निर्देशनमा देश र जनताको हितमा बजेट बनाएको र यो बजेट कार्यान्वयनले पार्टीको लोकप्रियता अझ बढाउने दाबी गर्नुभयो । 


    बिहिवार, आषाढ २३ २०७९०४:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij