Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : छानबिन समितिको पहिलो बैठक बस्दै, सभापति चयन हुने

अर्थमन्त्री प्रकरण : छानबिन समितिको पहिलो बैठक बस्दै, सभापति चयन हुने

  • मंगलवार, आषाढ २८ २०७९

  • 832
    SHARES

  • अर्थमन्त्री प्रकरण : छानबिन समितिको पहिलो बैठक बस्दै, सभापति चयन हुने
    काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको पहिलो बैठक बस्दै छ । मंगलबार(आज) दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्ने बैठकमा समितिको कार्यविधि र सभापति चयन गर्ने कार्यसूची रहेको छ ।
     
    समिति स्रोतका अनुसार लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्ने बैठकले सुरुमा समितिको कार्यविधि पारित गर्नेछ । कार्यविधिको खाका तयार पारिएको र त्यसमाथि छलफल भएपछि त्यसलाई पारित गर्ने र सभापति चयन गर्ने आजको बैठकको तयारी छ । त्यस्तै, समितिको आचारसंहिताका बारेमा पनि समितिमा छलफल गर्ने कार्यसूची रहेको छ ।
     
    तत्कालीन अर्थमन्त्री शर्मालाई जेठ १४ मा आगामी आर्थिक वर्षको बजेटका करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेको छ । त्यो घटनामाथि छानबिन गर्नका लागि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । असार २२ गते गठित समितिमा ११ सदस्य रहेका छन् ।
     
    प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
     


    मंगलवार, आषाढ २८ २०७९१२:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij