Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाले सोध्यो ४ नेतालाई २४ घण्टे स्पष्टीकरण

राप्रपाले सोध्यो ४ नेतालाई २४ घण्टे स्पष्टीकरण

  • बुधवार, आषाढ २९ २०७९

  • 1.0K
    SHARES

  • राप्रपाले सोध्यो ४ नेतालाई २४ घण्टे स्पष्टीकरण
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।
     
    बुधबार(आज) पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिम्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।
     
    पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभाबी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई उनीहरूलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।
     
    राप्रपाले पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभाबी प्रचार नगर्न नगराउन पार्टीका नेताहरूलाई आग्रह गरेको छ ।


    बुधवार, आषाढ २९ २०७९०८:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij