Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एट्लेटिकोसंग बार्सिलोनाको बराबरी

एट्लेटिकोसंग बार्सिलोनाको बराबरी

  • बुधवार, आषाढ १७ २०७७

  • 1.4K
    SHARES

  • एट्लेटिकोसंग बार्सिलोनाको बराबरी

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसंग २–२ गोलको बराबरी खेलेको छ ।मंगलबार राति घरेलु मैदानमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।

    लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेको खेलमा बार्सिलोना जित निकाल्न असफल रह्यो ।बराबरीको नतिजासंगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भिर धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

    बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

    डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

    लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

     


    बुधवार, आषाढ १७ २०७७०७:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij