Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

  • बिहिवार, आषाढ ३० २०७९

  • 534
    SHARES

  • सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

    बिहीबार राष्ट्रियसभा बैठकमा सो विधेयकबारे सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभएको हो ।

    उहाँले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो। गृहमन्त्री खाँणले सो विधेयकमा अपांगता भएका व्यक्तिहरुको बारेमा सांसदहरुले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

    मन्त्री खाँणले सरकारले तलब र पेन्सन लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन नपाउने व्यवस्था कायमै राखेको पनि बताउनुभयो।


    बिहिवार, आषाढ ३० २०७९०२:५१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij