Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मेक्सिकोमा हेलिकप्टर दुर्घटना : १४ सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना : १४ सैनिकको मृत्यु

  • शनिवार, आषाढ ३२ २०७९

  • 843
    SHARES

  • मेक्सिकोमा हेलिकप्टर दुर्घटना : १४ सैनिकको मृत्यु
    एजेन्सी । मेक्सिकोमा एफबिआईको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका लागु औषध तस्कर राफेल कारो क्विन्टेरोलाई पक्राउ गर्न परिचालित एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटना देशको उत्तरी भागमा शुक्रबार भएको मेक्सिकोको नौसेनाले शनिबार जानकारी दिएको छ । 
     
    लागु औषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिकको सुरक्षार्थ परिचालित हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना भने बाँचेको सेनाले जानकारी दिएको छ । 
     
    नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एक दिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो । 
     
    दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागू औषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । 
     
    राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो । 
     


    शनिवार, आषाढ ३२ २०७९०१:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij