काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । आजसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।
संक्रमितमध्ये १ हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संस्थागत आइसोलेसनमा छन् । ती मध्ये १७ जना आईसीयूमा छन् भने १ जना भेन्टिलेटरमा उपचाररत छन् ।