Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्थामा छैनौं : गगन थापा 

आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्थामा छैनौं : गगन थापा 

  • शनिवार, आषाढ ३२ २०७९

  • 725
    SHARES

  • आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्थामा छैनौं : गगन थापा 
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको बचाउ गर्न सक्ने अवस्था नभएको बताउनुभएको छ । 
     
    पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उहाँले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरूलाई अहिले आफ्नै सरकारको बचाउ गर्न गाह्रो भएको बताउनुभएको छ । 
     
    ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’ उहाँले भन्नुभयो  ‘हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’
     
    पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाले बताएका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । 
     
    उहाँले आफूहरूलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताउनुभयो ।  ‘घेराबन्दी गर्ने खेल भइराख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उहाँले भन्नुभयो ।
     
    केन्द्रीय सदस्यहरूले महामन्त्री भएर गुटको भेलामा सहभागी भएको भन्दै उठाएको प्रश्नको पनि जवाफ दिनुभएको छ । उहाँले पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने पनि बताउनुभयो।
     


    शनिवार, आषाढ ३२ २०७९०७:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij