Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम 

टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम 

  • आइतवार, श्रावण १ २०७९

  • 692
    SHARES

  • टेकुमा आफ्नै पम्प सञ्चालन गर्दै निगम 
    काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेन्डर आह्वान भइसकेको छ ।
     
    काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।
     
    यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँले निगमले पहिलोपटक काठमाडौं उपत्यकामा आफ्नै पेट्रोल पम्प सञ्चालनमा ल्याउने गरी निर्माणको ठेक्का आह्वान गरेको बताउनुभयो । 
     
    यसअघि, निगमले भैरहवा र नेपालगञ्जमा पनि आफ्नै पेट्रोल पम्प सञ्चालन गरिरहेको छ ।
     
    प्रवक्ता उपाध्यायका अनुसार निगमले सञ्चालनमा ल्याउने पेट्रोल पम्प नेपालकै अत्याधुनिक हुनेछ । यसबाट सेवाग्राहीले पूर्ण स्वचालित रूपमा सेवा पाउनेछन् भने आगो निभाउने अत्याधुनिक मेसिन समेत जडित हुने छ । यसका साथै, सेवाग्राहीले कार्ड स्वाप गरेर समेत यस पम्पबाट पेट्रोल तथा डिजेल हाल्न पाउने बताइएको छ ।


    आइतवार, श्रावण १ २०७९०४:३२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij