एजेन्सी । साविक विजेता पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
पोर्चुगलले क्रोएसिया र स्विडेनसँगको खेलका लागि सोमबार २५ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले दुई खेलमा लागि ७ फरवार्डलाई टिममा राखेको छ । टिमका कप्तानमा क्रिस्टियानो रोनाल्डोलाई नै निरन्तरता दिइएको छ ।
फरवार्डमा रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, डिएगो जोटा, गोन्जालो गुइडेस, जोए फेलिक्स र ट्रिनकाओ रहेका छन् ।