Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस बैठकमा प्रस्ताव 

गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस बैठकमा प्रस्ताव 

  • सोमवार, श्रावण २ २०७९

  • 660
    SHARES

  • गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने कांग्रेस बैठकमा प्रस्ताव 
    काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ ।
     
    पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरूसँग संवाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेस भएको छ । शीर्ष नेताहरूसँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताएका छन्।
     
    ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धनसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गरेको छ । अब आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रस्ट बहुमततर्फ लक्षित हुने भन्दै कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने बताएको छ ।
     
    तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।
     
    तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ प्रस्तावमा भनिएको छ ।
     


    सोमवार, श्रावण २ २०७९०५:२२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij