काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारी गर्नुभएको छ ।
उनीनिकट स्रोतले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मा सङ्घीय निर्वाचन लड्ने तयारी गर्दै हुनुहुन्छ ।
‘उहाँले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘पार्टीबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुने भन्ने अहिले यकिन भइसकेको छैन।’
मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठ्नुभएको थियो । उहाँ त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो।
सिंहले १० हजार नौ सय ३६ मत ल्याउनुभएको थियो भने मिश्रले १० हजार एक सय १८ मत ल्याउनुभएको थियो ।