Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध मेयर बालेनले दिए प्रेस काउन्सिलमा उजुरी

हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध मेयर बालेनले दिए प्रेस काउन्सिलमा उजुरी

  • मंगलवार, श्रावण ३ २०७९

  • 1.1K
    SHARES

  • हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध मेयर बालेनले दिए प्रेस काउन्सिलमा उजुरी
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको छ । काठमाडौं महानगरपालिकाको बजेट विनियोजित हुँदा कुनै अमुक संस्थालाई उपलब्ध गराउन लागिएको भन्दै तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
     
    सञ्चारमाध्यमहरूले व्यावसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फीरुपमा प्रकाशन र प्रसारण गरेका तथ्यहीन समाचारहरूले भ्रम सिर्जना गरेको भन्दै यसबाट व्यक्तिगत र संस्थागत गरिमामा आँच पुगेको बताउनुभएको छ ।
     
    उहाँले पत्रकार आचार संहिता,२०७३ (पहिलो संशोधन, २०७६सहित)को दफा ४ बमोजिम कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
     
    महानगरले रुटिन अफ नेपाल बन्दलाई एक करोड रुपैयाँ विनियोजित गरेको भन्दै उहाँको आलोचना भएको थियो ।
     


    मंगलवार, श्रावण ३ २०७९०५:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij