Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज पनि यी स्थानमा वर्षाको सम्भावना

आज पनि यी स्थानमा वर्षाको सम्भावना

  • शनिवार, श्रावण ७ २०७९

  • 603
    SHARES

  • आज पनि यी स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू भागमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको बताएको छ ।

    महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा बिहानैदेखि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताएको छ ।

    महाशाखाका अनुसार आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


    शनिवार, श्रावण ७ २०७९०६:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij