Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ

गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ

  • शनिवार, श्रावण ७ २०७९

  • 1.0K
    SHARES

  • गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको निरन्तर बलजफ्ती स्वीकार्य नहुने बताउनुभएको छ । 
     
    शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले गठबन्धनको नाममा कांग्रेसको निरन्तर बलजफ्ती नचल्ने बताउनुभएको छ। सधैं स्वीकार्य नहुने भन्दै समयमै बुझ्न पनि भन्नुभएको छ । 
     
    नागरिकता विधेयकमा वैवाहिक अङ्गीकृतको विषयमा आफ्नो असहमति भए पनि गठबन्धनकै कारण पारित गर्न आवश्यक भएको भन्दै उहाँले सो कुरा बताउनुभयो । 
     
    उहाँले विधेयक पारित गर्दा अपनाएको प्रक्रिया र वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा गरिएको व्यवस्था गलत भएको बताउनुभयो । 
     
    प्रतिनिधिसभाले नागरिकता विधेयकबारे बहस गर्न राज्य व्यवस्था समितिमा पठाएको र त्यहाँ सहमति हुन नसकेपछि बहुमतले वैवाहिक अङ्गीकृत नागरिकता महिलाको हकमा सात वर्षपछि दिने र तत्कालै सबै व्यवहारिक काममा कुनै समस्या नपर्ने गरी नागरिकता दिने प्रावधान राखेको उहाँले बताउनुभयो ।  यो प्रावधान छिमेकी मुलुकमा गरिएको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको उहाँले बताउनुभयो । 
     
    उहाँले नागरिकता संवेदनशील विषय भएको हुँदा राष्ट्रिय सहमतिको आधारमा निर्णय होस् भन्ने चाहेको बताउनुभएको छ।
     
    त्यस्तै, उहाँले दुई वर्ष लगाएर समितिले पठाएको प्रतिवेदनमाथि नै छलफल र निर्णयको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो। 
     
    उहाँले समितिमा मतभेद रहेको वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी विषयलाई तत्काल केही समयका लागि थाती राख्नुपर्ने पनि बताउनुभयो । त्यसबाहेक अहिलेलाई समस्याको रूपमा रहेको नेपाली नागरिकका बाबुआमाको सन्तानलाई नागरिकता दिने व्यवस्थाको विधेयक अघि बढाउनुपर्ने बताउनुभयो।  


    शनिवार, श्रावण ७ २०७९०१:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij