Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गरिरहेको छु : रामचन्द्र पौडेल

पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गरिरहेको छु : रामचन्द्र पौडेल

  • आइतवार, श्रावण ८ २०७९

  • 575
    SHARES

  • पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गरिरहेको छु : रामचन्द्र पौडेल
    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । उहाँले सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा आफू रहेको बताउनुभयो । 
     
    ‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु,’ तनहुँमा आज आयोजित एक कार्यक्रममा पौडेलले भन्नुभयो, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन।’
     
    उहाँले आफूले विकास मिसनको राजनीति गरेको बताउनुभयो । देश विकासको मुख्य एजेन्डा लिएर आफूले राजनीति गर्दै आएको उहाँको भनाइ छ।
     
    ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन। देश विकास नै मुख्य स्वार्थ हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रका लागि सधैंभर लागिरहन्छु।’
     
    उहाँले राजनीतिमा प्रतिस्पर्धा हुने र कोसँग दृष्टिकोण छ त्यसलाई जनताले रोज्नुपर्ने बताउनुभयो । 


    आइतवार, श्रावण ८ २०७९०२:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij