Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्न सक्छ भन्दै गगन थापा गर्जिए

नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्न सक्छ भन्दै गगन थापा गर्जिए

  • मंगलवार, श्रावण १० २०७९

  • 838
    SHARES

  • नेपाल सम्पत्ति शुद्धीकरणको कालो सूचीमा पर्न सक्छ भन्दै गगन थापा गर्जिए
    काठमाडौं ।  कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताउनुभएको छ । मंगलबार(आज) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्न सक्ने अवस्था रहेको बताउनुभएको हो।  
     
    नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले गरिरहेका काम संसद्लाई जानकारी गराउनुपर्ने पनि उहाँको माग छ ।
     
    थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्मा जानकारी गराउनु पनि माग गर्नुभयो । नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुनको पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र अपराधीकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरूले बताइरहेका पनि थापाले बताउनुभयो । नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गर्नुभएको छ।
     
    विगतमा कालोसूचीमा पर्दापर्दै बचेको भए पनि यस पटक बच्न सक्ने सम्भावना नरहेको उहाँको भनाइ छ । 


    मंगलवार, श्रावण १० २०७९०४:१७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij