Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अन्डरग्राउण्ड प्रयोग गर्न काठमाडौं महानगरको घरधनीलाई निर्देशन

अन्डरग्राउण्ड प्रयोग गर्न काठमाडौं महानगरको घरधनीलाई निर्देशन

  • बुधवार, श्रावण ११ २०७९

  • 567
    SHARES

  • अन्डरग्राउण्ड प्रयोग गर्न काठमाडौं महानगरको घरधनीलाई निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ ।

    निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ। गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ ।

    ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा सन्चालन भइरहेको बुझिएको छ । महानगरपालिकाले साउनको पहिलो साता गोरखापत्र, कान्तिपुरलगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचनमा निकालेको हो ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निर्देशन नमान्ने घरधनीलाई नियमानुसार कारबाही गरिने बताउनुभयो ।

    नक्सा स्वीकृत भएअनुसार काम भए काठमाडौं महानगरपालिकामा ट्राफिक व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख मीरा चौधरीले बताउनुभयो ।

     


    बुधवार, श्रावण ११ २०७९०१:२५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij