काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान आसिफ शेखको एक दिवसीयको ब्याटिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा आसिफको वरीयता दुई स्थान सुधार भएको हो ।
विकेटकिपर ब्याट्सम्यान आसिफ नयाँ वरियताको ९८ औं स्थान उक्लिएका छन् । यस अघि उनी १०० औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८१ औं स्थानमा यथावत् रहेका छन् ।
एक दिवसीयको बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३४ औं स्थानमा यथावत् रहेका छन् । बलिङमै सोमपाल कामी ९० औं र करण केसी ९२ औं स्थानमा झरेका छन् ।
टी–ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत् रहेका छन् । आसिफ शेख पनि ९५ औं स्थानमा यथावत् छन् ।
टी–ट्वान्टीको बलिङतर्फ सन्दीप ३९ औं स्थानमा यथावत् रहँदा अविनाश बोहरा ८९ औं स्थानमा यथावत् छन् । अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत् रहेका छन् ।