काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा गरिएको परीक्षणमा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।
दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने सोही समयमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ ।