Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंको फोहोर बोकेका गाडी

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंको फोहोर बोकेका गाडी

  • बिहिवार, श्रावण १२ २०७९

  • 668
    SHARES

  • बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंको फोहोर बोकेका गाडी
    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।
     
    काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।
     
    महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टराईले बताउनुभयो ।
     
    काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको थियो । सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडा हिंडेका थिए ।
     
    फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो ।
     
    स्थानीयवासीले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शङ्का उत्पन्न भएको छ ।
     
    स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।


    बिहिवार, श्रावण १२ २०७९०१:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij