Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी तय

डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी तय

  • बिहिवार, श्रावण १२ २०७९

  • 868
    SHARES

  • डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी तय

    काठमाडौं । जनता समाजवादी पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।

    निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

    भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा. बाबुराम भट्टराईको नेतृत्वमा रहनेछ ।


    त्यसका लागि केन्द्रीय समितिको पुनर्गठन लगायतका काम भने बाँकी नै छ । नेपाल समाजवादी पार्टी रहनेगरी नाम अद्यावधिक गर्ने काम आज सम्पन्न भएको छ । अब छिट्टै नै केन्द्रीय समिति पुनर्गठन गर्ने तयारी रहेको छ ।

    हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहनुभएको छ ।

     


    बिहिवार, श्रावण १२ २०७९०६:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij