काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण स्वाभाविक भएकोे बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्क ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भन्नुभयो,“मित्रराष्ट्रहरुबाट भ्रमण भइरहनुलाई अन्यथा लिन मिल्दैन ।
नेपालमा अमेरिकाबाट मात्र होइन, विभिन्न मित्रराष्ट्रहरुबाट भ्रमण भइरहेका छन् । त्यसैले यो भ्रमण अस्वाभाविक छैन ।”
स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे अमेरिकालाई ठाडो जवाफ दिन नमिल्ने महतको तर्क छ । मित्रराष्ट्रलाई ठाडो जवाफले हुँदैन, कूटनीतिक आधारको जवाफ दिनुपर्यो उहाँको भनाइ छ ।
नेपाली बहसमार्फत डा. महतले एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार नगरेको पनि दाबी गर्नुभयो।