Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अबको निर्वाचनमा दोस्रो भएर देशको बागडोर सम्हाल्ने हो : प्रचण्ड

अबको निर्वाचनमा दोस्रो भएर देशको बागडोर सम्हाल्ने हो : प्रचण्ड

  • शनिवार, श्रावण १४ २०७९

  • 875
    SHARES

  • अबको निर्वाचनमा दोस्रो भएर देशको बागडोर सम्हाल्ने हो : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताउनुभएको छ । 
     
    माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 
     
    आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउँदै उहाँले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताउनुभयो । 
     
    ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’
     
    यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको उहाँले बताउनुभयो ।  ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस् गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’ उहाँले भन्नुभयो ।
     
    यसो हुँदा देशको बागडोर आफ्नो हातमा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’
     
    व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।  ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’ उहाँले भन्नुभयो ।
     
    स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको उहाँले बताउनुभयो । ‘५० वटा पालिका जितेका बचाउन सकेको भए देशको दोस्रो र लेफ्टको पहिलो पार्टी हुन्थ्यौँ,’ उहाँले भन्नुभयो,‘१७५ सिट जित्छौँ भन्ने थियो हाम्रो । ५० सिट नगुमेको भए ।’
     
    माओवादी केन्द्रले १७५ सिट जित्दा एमाले १६० को तल आइपुग्ने र माओवादी केन्द्र दोस्रो बन्ने प्रबल सम्भावना रहेको उहाँले बताउनुभयो । 
     


    शनिवार, श्रावण १४ २०७९०३:०८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij