Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा जसपाका बहुमत केन्द्रीय सदस्य बाबुरामतिर

लुम्बिनीमा जसपाका बहुमत केन्द्रीय सदस्य बाबुरामतिर

  • आइतवार, श्रावण १५ २०७९

  • 805
    SHARES

  • लुम्बिनीमा जसपाका बहुमत केन्द्रीय सदस्य बाबुरामतिर
    काठमाडौं । जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा.बाबुराम भट्टराईलाई साथ दिएका छन् ।
     
    मधेसपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् ।
     
    लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरले जानकारी दिनुभयो ।
     
    जसपा परित्याग गर्नेहरूमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।
     
    यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा।मुक्ति रिजाल, सुनिता काफ्ले, पङ्कज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा। भट्टराईको पार्टीमा आबद्ध हुने गरी राजीनामा दिएको मुख्य सचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिएका छन्
     


    आइतवार, श्रावण १५ २०७९०३:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij