Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आईसीसी वरीयता : दीपेन्द्रको स्थान सुधार, आसिफ खस्किए

आईसीसी वरीयता : दीपेन्द्रको स्थान सुधार, आसिफ खस्किए

  • बुधवार, श्रावण १८ २०७९

  • 919
    SHARES

  • आईसीसी वरीयता : दीपेन्द्रको स्थान सुधार, आसिफ खस्किए
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
     
    दीपेन्द्र नयाँ वरीयताको ४३ औं स्थानमा उक्लिएका छन् ।  यस अघि उनी ४४ औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ४० औं स्थानमा यथावत् रहेका छन् ।
    आसिफ शेख एक स्थान तल झर्दै ९७ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत् रहेका छन् ।
     
    बलिङमै अभिनाश बोहरा ९२ औं स्थानमा यथावत् रहेका छन् । अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत् रहेका छन् ।
     
    ओडीआईको अलराउन्डरतर्फ दीपेन्द्र नवौं स्थानमा यथावत् रहेका छन्। बलिङतर्फ सन्दीप ३४औं स्थानमा यथावत् रहेका छन्।
     
    बलिङतर्फ नै तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको वरीयता १÷१ स्थान खस्किएको छ। सोमपाल यसअघि ९१औं स्थानमा थिए। यता, करण ९३‍औं स्थानमा थिए।
     
    ब्याटिङतर्फ रोहितकुमार पौडेल ८०औं स्थानमा यथावत् छन्। यता, आसिफ शेख एक स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन्। उनी यसअघि ९६औं स्थानमा थिए।
     


    बुधवार, श्रावण १८ २०७९०४:३०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij