Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

  • मंगलवार, श्रावण २४ २०७९

  • 590
    SHARES

  • प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता
    काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ । 
     
    अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गङ्गा दाहालले जानकारी दिनुभयो । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री  पनि हुन् । 
     
    सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका  भ्रमणहरूको आदानप्रदानदेखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिनुभयो ।  


    मंगलवार, श्रावण २४ २०७९०३:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij