Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै, एकैदिन १ लाख ५१ हजार संक्रमित

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै, एकैदिन १ लाख ५१ हजार संक्रमित

  • बुधवार, श्रावण २५ २०७९

  • 487
    SHARES

  • दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै, एकैदिन १ लाख ५१ हजार संक्रमित

    काठमाडौं । दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् ।

    सोमबारको तुलनामा मंगलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् । स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

    ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको सङ्ख्या बढेको हो । मंगलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ ।

    त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चारसय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार तीन सय ८२ पुगेको छ ।

    यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएकोे मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् ।

    मंगलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै रोगलाई परास्त गर्ने मलेसियालीको सङ्ख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार सात सय १७ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् ।

    न्यूजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोभिड–१९ को महामारी सुरु भएयता न्यूजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।

    सन् २०२० को शुरुमा न्यूजिल्याण्डमा महामारी फैलिएपछि १६ लाख ५७ हजार सात सय ४३ जना कोरोनाबाट पीडित भएका छन् ।


    बुधवार, श्रावण २५ २०७९११:५९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij