Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता गगन थापालाई...

कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता गगन थापालाई...

  • बुधवार, श्रावण २५ २०७९

  • 572
    SHARES

  • कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता गगन थापालाई...

    काठमाडौं । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

    बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गर्नुभएको हो ।

    सभापति देउवा कार्यव्यस्तताका कारण बैठकमा नआएको उहाँको सचिवालयले जनाएको छ । त्यस्तै उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कांग्रेसका एक पदाधिकारीले जानकारी दिनुभयो ।

    स्थानीय तहमा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि ३० र ३१ साउनमा गर्ने तय भएको अभिमुखिकरण कार्यक्रमको तयारीका लागि बैठक बसेको एक पदाधिकारीले जानकारी दिएका छन् ।

    कांग्रेसमा सभापति, २ जना उपसभापति, २ महामन्त्री, ८ जना महामन्त्री र प्रवक्ता गरी १४ जना पदाधिकारी छन् । सभापतिले नियुक्ति गर्ने कोषाध्यक्ष पद खाली छ ।


    बुधवार, श्रावण २५ २०७९१२:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij