Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेटको छनोटका खेलहरू ओमानमा हुने 

एसिया कप क्रिकेटको छनोटका खेलहरू ओमानमा हुने 

  • बुधवार, श्रावण २५ २०७९

  • 677
    SHARES

  • एसिया कप क्रिकेटको छनोटका खेलहरू ओमानमा हुने 
    काठमाडौं । एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरू ओमानमा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।
     
    छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर,युएई,हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।
     
    एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुँदै छ । यहाँबाट छनोट हुने टोली समूह ’ए’मा रहेको छ । समूह ’ए’ मा साबिक विजेता भारत सहित पाकिस्तान रहेका छन् ।
     
    प्रतियोगितामा ६ टोली सहभागी हुँदै छन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह ’बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
     
    टी–ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
     
    यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो ।


    बुधवार, श्रावण २५ २०७९०२:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij