Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

  • शनिवार, श्रावण २८ २०७९

  • 665
    SHARES

  • उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई
    काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
     
    पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार(आज) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।
     
    बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।
     
    उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ ।
     
    निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।
     


    शनिवार, श्रावण २८ २०७९१२:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij