एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको टि–ट्वान्टी श्रृखला आजबाट सुरु हुँदैछ । तीन खेलको श्रृखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्ड पाकिस्तानसँग भिड्न लागेको हो । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज राति पौने ११ बजेबाट सुरु हुने छ ।
इंग्ल्यान्ड इयान मोर्गनको कप्तानीमा मैदान उत्रँदा पाकिस्तानको नेत्तृत्व बाबर आजमले गर्नेछन् । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएको पाकिस्तान टि–ट्वान्टी श्रृखलामा हारको बदला लिने दाउमा रहेको छ । इंग्ल्यान्डले तीन खेलको टेस्टमा १–० ले आफ्नो बनाएको थियो ।
त्यस्तै, इंग्ल्यान्ड टि–ट्वान्टी सिरिजसमेत आफ्नो बनाउने योजनाका साथ मैदानमा उत्रिने भएको छ ।
दुई टिमबीच पछिल्लोपटक सन् २०१९ को मेमा खेल भएको थियो । उक्त खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो । दुई टोलीबीचको दोस्रो र तेस्रो खेल क्रमशः अगस्ट ३० र सेप्टेम्बर १ मा हुनेछ ।