Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बालेनलाई योगेशले भने–ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सरकारको हुती छैन

बालेनलाई योगेशले भने–ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सरकारको हुती छैन

  • आइतवार, श्रावण २९ २०७९

  • 952
    SHARES

  • बालेनलाई योगेशले भने–ठोस प्रस्तावसहित एमालेसँग आउनुस्, सरकारको हुती छैन
    काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहलाई काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले एमालेसँग सहकार्य गर्न प्रस्ताव गर्नुभएको छ ।  आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौंको फोहोर व्यवस्थापन हुने दाबी गर्नुभयो । 
     
    उहाँले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौं डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरूले कुनै पहल नगरेको बताउनुभयो ।  ‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौं डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भन्नुभयो, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’ 
     
    सांसद भट्टराईले भन्नुभयो, ‘काठमाडौंका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित। नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ। यदि तपाईं यो सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ। काठमाडौंको बर्बादी हुने छ।’
     


    आइतवार, श्रावण २९ २०७९१२:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij