Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

  • सोमवार, श्रावण ३० २०७९

  • 618
    SHARES

  • भुवन केसी विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै
    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार(आज) सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
     
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।
     
     
    सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।
     
    फिल्म निर्देशकहरू पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।
     
    केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


    सोमवार, श्रावण ३० २०७९१२:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij