Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक जारी

निर्वाचन सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक जारी

  • सोमवार, श्रावण ३० २०७९

  • 638
    SHARES

  • निर्वाचन सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक जारी
    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चार वटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको छ ।
     
    बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी छन् । आगामी निर्वाचन तयारीका लागि बसेको यो पहिलो बैठक हो ।
     
    सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । मिति घोषणा भएसँगै चारै वटा सुरक्षा निकायले आ(आफ्नो तर्फबाट निर्वाचन सुरक्षा तथा साधन स्रोत र जनशक्ति व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाइसकेका छन् । सोही कार्ययोजना केन्द्रीय सुरक्षा समितिको बैठकमा पेस गरिएको छ ।
     
    निर्वाचनमा चार वटै सुरक्षा निकायका पौने २ लाख सुरक्षाकर्मी र १ लाख २० हजार म्यादी प्रहरी खटाउने गरी प्रारम्भिक सुरक्षा कार्ययोजना बनेको छ । उक्त कार्ययोजनालाई सुरक्षा बैठकबाट पारित गराएर त्यहीअनुसारको जनशक्ति परिचालनको योजना तर्जुमा गर्ने गृहको तयारी रहेको छ । 


    सोमवार, श्रावण ३० २०७९१२:२७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij