Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

  • सोमवार, श्रावण ३० २०७९

  • 469
    SHARES

  • तरुण दलद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग
    काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो । 
     
    सोमबार(आज) तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको बताउनुभएको छ । 
     
    तरुण दलले राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ । राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी  विरोध भइरहेको छ ।
    tarun bigyapti.jpg
     


    सोमवार, श्रावण ३० २०७९१२:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij