Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिनेबारे छुट्टै निर्णय हुने

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिनेबारे छुट्टै निर्णय हुने

  • सोमवार, श्रावण ३० २०७९

  • 686
    SHARES

  • माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिनेबारे छुट्टै निर्णय हुने
    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमबार(आज) माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् । 
     
    दल दर्ताका लागि माओवादी केन्द्रका नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरू आयोग पुगेका थिए । 
     
    आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि साउन २१ देखि साउन ३१ गतेसम्मको समय निर्धारण गरेको छ । दल दर्ताका लागि निर्धारित समय मंगलबार सकिँदै छ ।
     
    माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने सहमति भएको बताइएको छ । यद्यपि माओवादी केन्द्रले एक्लै आयोगमा दल दर्ता गराएको छ । निर्वाचन कानुन अनुसार एउटै निर्वाचन चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूले दल दर्ताकै समयमा आयोगलाई जानकारी गराउनु पर्दछ । 
     
    तर, माओवादी केन्द्रले आज दल दर्ता गराउँदा नेपाल समाजवादी पार्टीसँग एउटै निर्वाचन चिह्नमा भाग लिने विषय नखुलाएको आयोग स्रोतले जानकारी दिएको छ । 
     
    त्यसका लागि छुट्टै निर्णय गरेर आयोगमा जानकारी गराउने माओवादी केन्द्रका एक नेताले बताए । केही गृहकार्य बाँकी रहेकाले आज आयोगलाई त्यसबारेमा जानकारी नदिइएको ती नेताले बताए ।
     


    सोमवार, श्रावण ३० २०७९०१:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij