काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् । कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत् रहेका छन् ।
अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत् रहेका छन् । एक दिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत् रहेका छन् । सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् ।
एक दिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत् रहेका छन् । नेपालको एक दिवसीय वरीयता १९ औं स्थानमा रहँदा टी–ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।