Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले भोलि पदाधिकारी टुंग्याउने

माओवादीले भोलि पदाधिकारी टुंग्याउने

  • बुधवार, भाद्र १ २०७९

  • 481
    SHARES

  • माओवादीले भोलि पदाधिकारी टुंग्याउने
    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहत् छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
     
    उहाँले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रित रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताउनुभयो ।
     
    माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

    माओवादीले गत पुस महिनामा ८औं महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीलाई पूर्णता दिन सकेको छैन ।

     

     


    बुधवार, भाद्र १ २०७९०५:०७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij