Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावको मुखमा सांसदलाई बजेट बाँड्ने काम रोक्न प्रदेश १ र गण्डकीलाई आयोगको निर्देशन (पत्रसहित)

चुनावको मुखमा सांसदलाई बजेट बाँड्ने काम रोक्न प्रदेश १ र गण्डकीलाई आयोगको निर्देशन (पत्रसहित)

  • शुक्रवार, भाद्र ३ २०७९

  • 670
    SHARES

  • चुनावको मुखमा सांसदलाई बजेट बाँड्ने काम रोक्न प्रदेश १ र गण्डकीलाई आयोगको निर्देशन (पत्रसहित)
    काठमाडौं । निर्वाचन आयोगले  गण्डकी प्रदेश र प्रदेश १ सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन दिएको छ । 
     
    आयोगले शुक्रबार(आज) विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन गर्नेगरी मिति तोकी सकेको अवस्थामा दुवै प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट खर्च गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ५ बुँदे स्पष्टीकरणसहित ३ बुँदे निर्देशन दिएको हो ।
     
    ‘आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक मान्न सकिँदैन’, आयोगले भनेको छ, ‘अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’
     
    ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणा भई निर्वाचन कार्यक्रम प्रकाशन भैसकेको तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पदावधि सकिन लागेको अवस्थामा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नामबाट छोटो अवधिमा योजना र बजेट वितरण गर्नेगरी किन कार्यक्रम सुरु गर्नु परेको हो ?’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।
    1.jpg2.jpg


    शुक्रवार, भाद्र ३ २०७९०७:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij