काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राख्नुभएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उहाँले २१ पदाधिकारीहरूको नाम प्रस्ताव गर्नुभएको । एक नेताका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा हुनुहुन्छ भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र हरिबोल गजुरेल हुनुहुन्छ। यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।
कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
यस्तो बन्यो माओवादी केन्द्रको पदाधिकारी टिम:
अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष
कृष्णबहादुर महरा
महासचिव
देव गुरुङ
उपमहासचिव
हरिबोल गजुरेल
वर्षमान पुन
पम्फा भुसाल
जनार्दन शर्मा
गिरिराजमणि पोखरेल
शक्ति बस्नेत
मातृका यादव
सचिव
दिनानाथ शर्मा
चक्रपाणि खनाल,
देवेन्द्र पौडेल
लीलामणि पोखरेल
गणेश शाह
हितमान शाक्य
हितराज पाण्डे
डिलाराम आचार्य
राम कार्की
कोषाध्यक्ष
श्रीराम ढकाल प्रशान्त