Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेता गिरीको सम्मानमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

नेता गिरीको सम्मानमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

भदौ १६ सम्मका सबै कार्यक्रम स्थगित
  • आइतवार, भाद्र ५ २०७९

  • 970
    SHARES

  • नेता गिरीको सम्मानमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने
    काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरीप्रति सम्मान प्रकट गर्न पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेसका नेता गिरिको निधन भएपछि आइतबार(आज) बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरू सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
     
    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
     
    यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 
     
    स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व भएको नेताहरूले बताएका छन् । गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो ।
     
    1.jfif2.jfif


    आइतवार, भाद्र ५ २०७९०२:४०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij