Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कार्यदलले गर्न सकेन ठोस निर्णय, सिट भागबण्डामा शीर्ष नेताकै भर (खास खबर)

कार्यदलले गर्न सकेन ठोस निर्णय, सिट भागबण्डामा शीर्ष नेताकै भर (खास खबर)

  • सोमवार, भाद्र ६ २०७९

  • 775
    SHARES

  • कार्यदलले गर्न सकेन ठोस निर्णय, सिट भागबण्डामा शीर्ष नेताकै भर (खास खबर)
    काठमाडौं । आसन्न मंसिर ४ गतेको निर्वाचनको तयारीका लागि राजनीतिक दलहरू दौडधुपमा लागेका छन् । सत्ता गठबन्धनमा आबद्ध ५ दल र हाल थपिएको नेपाल समाजवादी पार्टीले पनि निर्वाचनको तयारी थालेको छ । फरक सिद्धान्त, दृष्टिकोण बोकेका पार्टीहरूको तारतम्य मिल्न केही असहज छ नै, त्यसका बाबजुद सहमति खोज्ने प्रयास निरन्तर जारी रहेको छ । 
     
    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले त घोषणा पत्र एउटै बनाउने बताइसकेका छन् । एमालेबाट भर्खरै विद्रोह गरेर आएको नेकपा एकीकृत समाजवादी जसरी पनि संसदमा आफ्नो उपस्थिति चाहिरहेको छ । पछिल्लो समय सिट बाँडफाँटमा रस्साकस्सी चलिरहेका बेला शीर्ष नेताहरू नै आफ्नो अस्तित्वको लडाइँमा रहेका छन् । शीर्ष नेताहरूले आफू सुरक्षित हुनका निम्ति निकै मेहनत गरेको देख्न सकिन्छ ।। 
     
    यसपालिको निर्वाचनमा शीर्ष नेताहरूलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिने उत्तिकै चुनौती रहेको छ । ससाना दलहरू मिलेर पनि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भाग लिइरहेका छन् । हाल केही जटिलता भएकोले रोकिएको माओवादी र नेकपा एकीकृत समाजवादीको एकता प्रक्रिया पनि आफ्नो चुनावी सिट सुरक्षित गर्नकै लागि हो । माओवादी केन्द्रका सचिव डिलाराम आचार्यका अनुसार दुई दलबीचको एकता हुने पक्का भएकोले चुनावी घोषणा पत्र पनि एउटै बनेको हो । 
     
    नेपाली कांग्रेस गठबन्धनमा शीर्ष ठुलो दल हो । कांग्रेसले आफूलाई अनुकूल पर्नेगरी भागबण्डा गर्न खोजिरहेको छ । इतर पक्षले पनि सभापति शेरबहादुर देउवालाई कांग्रेसको विरासतमा सम्झौता नगर्न दबाब दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकका वाम घटक एक भएर निर्वाचनमा होमिनुपर्ने तर्क अगाडि सार्नुभएको छ । उहाँ पनि आफू सुरक्षित हुने ध्याउन्नेमा लाग्नुभएको छ । तालमेलबारे कार्यदलले गृहकार्य गरिरहेको बताउँदै उहाँले त्यहाँबाट आएको सुझावपछि अन्तिम निर्णय लिइने बताउनुभयो ।
     
    आज बसेको गठबन्धनको बैठक सिट बाँडफाँटको बारेमा मोडालिटी नजिक पुगेको कार्यदलका सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । भोलि बस्ने बैठकले थप निष्कर्ष निकाल्ने उहाँको भनाइ थियो । 
     
    फरक विचार र सिद्धान्तलाई एक ठाउँमा ल्याउन थप मेहनत गर्नुपर्ने नेताहरूको बुझाइ छ ।  गठबन्धन बलियो बन्दै गएका बेला प्रतिपक्षी दल नेकपा एमाले भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
     


    सोमवार, भाद्र ६ २०७९०८:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij