एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन टि–२० श्रृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा गएराति घरेलु टोली इंग्ल्याण्डले टस हारेर पहिले ब्याटिङ गरिरहेको वेला वर्षाले खेल प्रभावित बनेको हो । खेल चलिरहदा सुरु भएको वर्षा लामो समयसम्म पनि नरोकिएपछि खेल रद्द गरिएको थियो ।
खेल रोकिनुअघिसम्म १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर इंग्ल्यान्डले १३१ रन बनाएको थियो । उसका लागि ओपनर टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाएका थिए । ब्यान्टन इंग्ल्यान्डका लागि टि–ट्वान्टीमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
तीन खेलको सिरिजअन्तर्गतको दोस्रो खेल अगष्ट ३० मा हुनेछ भने अन्तिम खेल सेप्टेम्बर १ मा हुनेछ ।