Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ६३४ जना संक्रमित थपिए, १ जनाको मृत्यु

कोरोनाका ६३४ जना संक्रमित थपिए, १ जनाको मृत्यु

  • मंगलवार, भाद्र ७ २०७९

  • 449
    SHARES

  • कोरोनाका ६३४ जना संक्रमित थपिए, १ जनाको मृत्यु
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    जसमध्ये २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।


    मंगलवार, भाद्र ७ २०७९०४:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij