Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कसरी हुँदैछ सत्तागठबन्धनमा सिट बाँडफाँट ?

कसरी हुँदैछ सत्तागठबन्धनमा सिट बाँडफाँट ?

  • मंगलवार, भाद्र ७ २०७९

  • 744
    SHARES

  • कसरी हुँदैछ सत्तागठबन्धनमा सिट बाँडफाँट ?

    काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि मंगलबारको बैठक पनि निष्कर्षविहीन भएको छ ।

    बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधवारका लागि सारिएको उहाँले बताउनुभयो। गठबन्धनबीच स्थानीय तहको चुनावका साथै २०७४ सालको समानुपातिक मतलाई समेत सिट बाँडफाँटको मुख्य आधार बनाइएको उहाँले बताउनुभयो ।

    मापदण्डमात्र भनेर नहुने भन्दै चुनाव जित्नेगरी गठबन्धन गरिने उहाँको भनाइ छ । पूरीले बुधवार साँझ ५ बजे बस्ने बैठकले निष्कर्ष निकाल्ने र ढिलोमा ९ गते विहीवारभित्र टुंगो लाग्ने बताउनुभयो ।


    मंगलवार, भाद्र ७ २०७९०६:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij