Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भागबण्डा टुंग्याउन गठबन्धन दलमा सकस, यस्तो भयो सहमति

भागबण्डा टुंग्याउन गठबन्धन दलमा सकस, यस्तो भयो सहमति

  • बिहिवार, भाद्र ९ २०७९

  • 1.4K
    SHARES

  • भागबण्डा टुंग्याउन गठबन्धन दलमा सकस, यस्तो भयो सहमति

    काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न बनेको कार्यदलका सदस्यहरूसहितको बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरूले बताएका छन् ।

    बिहीबारै दिउँसो साढे तीन बजे पुनः कार्यदलको अर्को बैठक बस्ने गरी बैठक सकिएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार दिउँसो बस्ने बैठकमा भने कार्यदलका नेताहरूले सिट संख्यासहित प्रस्तुत हुने समझदारी छ ।

    गठबन्धनको बैठकमा नागरिकता विधेयक, शान्ति प्रक्रियालगायत विषयमा समेत छलफल भएको छ । दलहरूबीच पटक–पटक छलफल भए पनि सिट बाँडफाँटको विषयमा भने दलहरूबीच अहिलेसम्म समझदारी बन्न सकेको छैन ।


    बिहिवार, भाद्र ९ २०७९०२:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij