Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र सामसङ इलेकट्रोनिक्सका सीएफओबीच शिष्टाचार भेट

प्रधानमन्त्री देउवा र सामसङ इलेकट्रोनिक्सका सीएफओबीच शिष्टाचार भेट

  • बिहिवार, भाद्र ९ २०७९

  • 559
    SHARES

  • प्रधानमन्त्री देउवा र सामसङ इलेकट्रोनिक्सका सीएफओबीच शिष्टाचार भेट
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सामसङ इलेकट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एचके पार्कले शिष्टाचार भेट गर्नुभएको छ । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।  
     
    भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेकट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराउनुभयो । उहाँले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्‍याउनुभयो ।
     
    सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेकट्रोनिक्स (गोल्छा समूह) सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेकट्रोनिक्स उत्पादनहरू गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङले विश्वास लिएको छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जाने कम्पनीको विश्वास छ  ।
     
    सामसङले नेपालमा दुई दशकदेखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ । कम्पनीले हाल नेपाली बजारमा स्मार्टफोन र उपभोक्ता इलेकट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ ।
     


    बिहिवार, भाद्र ९ २०७९०२:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij