Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नक्सा बोकेर बालेन मैदानमा, कहीँ नरम–कहीँ गरम (खास खबर)

नक्सा बोकेर बालेन मैदानमा, कहीँ नरम–कहीँ गरम (खास खबर)

  • बिहिवार, भाद्र ९ २०७९

  • 1.2K
    SHARES

  • नक्सा बोकेर बालेन मैदानमा, कहीँ नरम–कहीँ गरम (खास खबर)
    काठमाडौं । मुलुकको राजधानी, व्यस्त शहर काठमाडौं । घरैघरले भरिभराउ संघीय राजधानी पनि काठमाडौं । विश्वका मानिसहरू नेपाल आउँदा पहिलो पाइला टेक्ने प्रवेशद्वार पनि काठमाडौं । पक्कै यो शहरले सिंगो मुलुकको विकासलाई प्रतिनिधित्व गरेको छ । 
     
    देशैभरका मानिस मात्र नभई विदेशीहरू बस्ने यो शहरको संरचना कस्तो हुनुपर्थ्यो ? हामी सजिलै भन्न सक्छौँ फराकिलो सडक, पैदलयात्री हिँड्ने आकर्षक पेटी, साइकल लेन, पार्किङको उचित व्यवस्थापन, तर यहाँ यसको ठिक विपरीत देखिएको छ । 
     
    शहरको आकर्षणलाई जोगाइराख्न त्यहाँ बसोबास गर्ने नागरिकको पनि महत्त्वपूर्ण जिम्मेवारी हुन्छ तर यहाँ, सार्वजनिक जग्गा हडप्ने, घर अगाडिको जमिनको भागलाई कब्जा गर्ने, पार्किङका लागि राखिएको अन्डरग्राउन्ड भाडामा लगाउने दलिल सोच भएका मानिसहरूको बिगबिगी रहेको छ । 
     
    यो वर्षौदेखिको समस्या हो, यसअघि महानगरको मेयर भएर आएका एमालेका नेता विद्यासुन्दर शाक्यको यो बेतिथि तर्फ ध्यान गएन, जब अहिले स्वतन्त्र व्यक्ति मेयरमा विजयी हासिल गरेर आए उनलाई यहाँको कुरूपपनले चयन भएन  र मिसनमा लागे । उनै मेयर बालेन्द्र साह कहीँ नरम, कहीँ गरम भएर यो कुरूपतालाई हटाउन लागिपरेका छन् ।। आज अल्फाबिटाले अन्डर ग्राउन्ड पार्किङ मिचेर बनाएको संरचना हटाउन पुगेका मेयर बालेन आक्रोशित बने, अल्फाबिटाका साहू पनि कड्किए ।
     
    जब, अल्फाबिटाका घरबेटी बालेन साहसँग कड्किए उतिबेलै मेयर साह एक्सनमा उत्रिए । एकैछिनमा सबै जाँचबुझ गरी अवैध रुपमा पार्किङस्थल मिचिएको पाइएपछि महानगरको डोजरले त्यहाँ रहेको फार्मेसीलाई तोडफोड गरेको छ । 
     
    काठमाडौं महानगरपालिकाले थालेको यो अभियानमा ९० प्रतिशतको ताली र १० प्रतिशतको गाली सहनु परेको छ । पार्किङस्थलमा संरचना खडा गरी व्यापारीलाई भाडामा दिने घरबेटीका कारण अहिले धेरैको बिचल्ली भएको छ । 
     
    कतिपय व्यापारी पनि मेयर बालेनको पक्षमा उभिएका छन् । अवैध काम गरेर पैसा कमाउनेहरूलाई कारबाहीको दायरामा ल्याइ नियम अनुसार संस्थागत रुपमा काम गर्नुपर्ने नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष नवीन लुइँटेलको भनाइ छ । 
     
    महानगरपालिका, ट्राफिक प्रहरीलगायतको सहयोगमा मिचेर राखिएका पार्किङस्थल खुलाउने प्रयास जारी रहेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार यो अभियान निरन्तर जारी रहनेछ । 
     
    काठमाडौंका सरकारी तथा निजी कार्यालय, होटेल, रेष्टुरेन्टलगायतका ठाउँमा अधिकांश पार्किङको समस्या हुने गरेको छ । सार्वजनिक महत्त्वका संस्थामा पार्किङ नहुँदा वा भएपनि प्रयोग गर्न नदिइँदा कैयौँ पटक ट्राफिक प्रहरीले सवारी साधन उठाउने गरेको छ । दिनप्रतिदिन बढ्दै गएका सवारी र खुम्चिँदै गएको पार्किङलाई समयमै व्यवस्थित गर्न आवश्यक छ । 
     
     
     
     


    बिहिवार, भाद्र ९ २०७९०८:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij