Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेमा एक सदस्यले कम्तीमा दुईजना नयाँ सदस्य थप्नैपर्ने

एमालेमा एक सदस्यले कम्तीमा दुईजना नयाँ सदस्य थप्नैपर्ने

  • शनिवार, भाद्र ११ २०७९

  • 718
    SHARES

  • एमालेमा एक सदस्यले कम्तीमा दुईजना नयाँ सदस्य थप्नैपर्ने

    काठमाडौ । नेकपा एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ मतदाता थप्नेगरी अभियान सञ्चालन गर्ने भएको छ ।

    एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ । एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।

    एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सन्चालन गर्ने भएको छ ।

    प्रत्यक्षमा ५० लाख मत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आउनुभएको छ । गठबन्धनका कारण प्रत्यक्षमा सीट कम हुने भएकाले पनि एमालेले समानुपातिकमा बढी जोड दिएको छ ।

    बैठकमा टोल टोलमा संगठन, घरघरमा सदस्य अभियानको प्रस्ताव समेत पेस भएको छ भने एक बुथ सय युथको अभियान पनि सन्चालन हुने पोलिटब्यूरो सदस्य सुर्य थापाले बताउनुभयो ।

    केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोली नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन् । एमाले बैठक आजै समापन हुनेछ । 


    शनिवार, भाद्र ११ २०७९०२:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij